नेपालमा स्याकार ट्रेडिङले बिक्री–वितरण गरिरहेको होन्डाको डर्ट बाइक एक्सआर १९०एलको नयाँ ग्राफिक्स अहिले धेरैले रुचाएको पाइएको छ ।
पहिले भन्दा थप नयाँ ग्राफिक्समा आएको यो मोटरसाइकल डर्ट बाइक प्रेमीहरुले निकै नै रुचाउने, एड्भेन्चरका लागि विशेष उपयुक्त छ ।
यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ ।
स्ट्रेन्थ, एजिलिटी, इकोनोमी र मोर पावर गरी चार विशेष गुणले सुसज्जित यो मोटरसाइकललाई एक्सआर फेमिलीमा हुने विशेष ‘ड्युआलिटी’ गुण भएको मोटरसाइकल मानिन्छ ।
यसका कारण यसलाई सहरी र अन्य सबै सडकमा कुदाउन सकिन्छ । दैनिक जीवन वा सप्ताहन्तमा छुट्टी मनाउन जानेहरुका लागि समेत यो मोटरसाइकल निकै नै उपयोगी छ ।
यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु-याउछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।
२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ ।
सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।
पछिल्लो भागमा राखिएको स्टिल क्यारियरमा आवश्यकता अनुसार विभिन्न सामान राख्ने टप बक्सलाई पोजिसन गर्न सकिन्छ ।
यसको सहयोगले करिब २० किलोग्राम सम्मको सामान पछिल्लो भागमा राख्न सकिन्छ ।
अफरोड राइडिङमा सहजताका लागि यसमा क्रसबार डिजाइनको ह्यान्डल बार राखिएको छ, जसको सहयोगले कमान्डिङ राइडिङ पोजिसन तथा इन्स्ट्रयुमेन्ट क्लस्टर पनि फुल भ्यु गर्न सकिन्छ ।
होन्डा एक्सआर १९०एलको मूल्य ७ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।