ट्याक्सी व्यवसायी कडा आन्दोलनमा उत्रने चेतावनी

राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले कार्यक्रमको आयोजना गरी आफूहरूलाई व्यवसाय गर्न नदिएर देशबाट विस्थापित गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विद्युतीय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुन विपरीत भएको बताए ।

स्वरोजगार ट्याक्सी व्यवसायी संघर्ष समिति संयोजक रमेश गोदाईलीले आफूहरूका मागहरू सरकारले सुनुवाइ नगरे छिट्टै कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिँदा पनि उसले नसुन्न दुखद रहेको चिन्ता व्यक्त गरे ।

ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् ।

अधिवक्ता मनिस श्रेष्ठले वर्तमान समयमा देशका युवाहरू अर्काको देशमा मर्न र मार्न तत्पर हुनुको कारण वर्तमान अवस्था रहेको र त्यस्तै समस्या ट्याक्सी व्यवसायमा आएको बताए ।

देशमा करिब १२ हजार स्वरोजगार ट्याक्सी व्यवसायीलाई पनि सरकारको गलत रवैयाले विदेश पलायन हुन बाध्य बनाएको आरोप लगाए ।GCI COLLEGE

क्रान्तिकारी कम्युनिस्ट पार्टीका यातायात मजदुर संघका सह–संयोजक पूर्णबहादुर लामाले पीडितहरूलाई एक्लै भएको भनेर चिन्ता नलिएर संघर्षमा अघि बढ्न सुझाए ।

नेपालमा यातायात मात्रै नभएर हरेक क्षेत्रमा माफियाकरण भएकाले त्यसका लागि सबै एकजुट भएर लड्नु पर्ने धारणा व्यक्त गरे ।

सत्य र न्याय खोजि अभियानका अभियन्ता भोजराज तिमल्सिनाले देशमा दण्डहीनताले पराकाष्ठा नाघ्दै गएकाले त्यस विरुद्ध सबै एकजुट हुनु पर्ने धारणा राखे ।

दुर्गा प्रसाईसमर्थक राजु रानाभाटले ट्याक्सी व्यवसायीलाई सरकारले न्याय नदिए आफूहरू हजारौँ चालक लिएर उत्रने चेतावनी दिए ।

सो संघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले देशका हरेक ठाउँमा भ्रष्टाचार भएजस्तै यातायात क्षेत्रमा पनि व्यापक अनियमितता भएको बताउँदै भने,“सरकारले नै हरेक ठाउँमा बिचौलिया तयार गरेर जनता चुसिरहेको छ, त्यस विरुद्ध अर्को विद्रोह उठ्छ ।”

सो संघर्ष समितीका वरिष्ठ सल्लाहकार राम थापाले आफूहरूमाथि कानुनी रूपमै अन्याय भएको बताउँदै त्यसको लागि आफूहरु हरेक हिसाबले आन्दोलित हुने अवस्था आएको बताए ।

उनले ट्याक्सीहरूमा हाल रहेको बक्ससहितको सिलवाला मिटरलाई परिवर्तन गरी आधुनिक सरकारी एप्सको व्यवस्था, विद्युतीय कारको एकाधिकार प्रणालीको अन्त्य गरी खुल्ला प्रतिस्पर्धात्मक तरिकाले खरिद प्रक्रियासहितका विभिन्न माग राखे ।

Sidhartha bank

आन्दोलन परिचालन संयोजक विष्णु कार्कीले सरकारसँग अहिले शान्तिपूर्ण तथा कानुनी अधिकारको लडाई लडिरहेको र त्यसपछि पनि उसले ‘कानमा तेल हालेर’ बसे व्यवसाय ठप्प पार्ने चेतावनी दिए ।

कार्यक्रमका सञ्चालक अधिवक्ता भरत घिमिरेले कुनै निजी व्यक्तिलाई ३० लाख र एक गरिब स्वरोजगार व्यवसायीलाई ढाड सेक्ने गरी ७ लाख बढी तिर्न लाउने सरकार दलाल भएको र विदेशीको इसारामा चल्ने माफिया भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *