हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटरको बुकिङ आजदेखि खुला गरेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो।
हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुन्डाई भेन्युभन्दा अघि रहने छ। आकर्षक बनोट र विभिन्न फिचरले एक्सटरलाई एक विशेष एसयूभी बनाएको छ।
गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेतासमेत बनेको छ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ।
यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।
१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट-इन -सेग्मेन्ट’ फिचर दिइएको हो।
हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ।
यसैगरी यसमा शार्क-फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस-इनेवल्ड सनरुफ र वायरलेस चार्जरलगायत अरु सेफ्टी, कन्भिनेन्ट र कम्फर्टका फिचरलाई विशेष ध्यान दिएर बनाइएको छ।
यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपाल को विभिन्न बाटोहरुमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ।
हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याबिलिटी म्यानेजमेन्टजस्ता ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ।
६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ, जसको मूल्य क्रमश: ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रूपैयाँ हुनेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ प्लस चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्ने र यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।