टोयोटाको अल्ट्रा लक्जरी ब्रान्ड ‘सेञ्चुरी’

नेपाली उपभोक्ताका लागि जापानी कार उत्पादक कम्पनी टोयोटाले उत्पादन गरेकै कार विलासी वा महँगो लाग्छ। किनकि टोयोटाका कार नेपाली बजारमा साढे ५ करोड रुपैयाँसम्ममा उपलब्ध छ।

तर विश्व बजारका लागि टोयोटाका कार ‘मिडल क्लास’ कारको रुपमा परिचित रहेको छ। यसको पुष्टि सबैभन्दा धेरै बिक्री हुने कारमा टोयोटा पर्नुले नै गर्छ।

टोयोटाले मास मार्केट कारका रुपमा टोयोटा र डाइहात्सु ब्रान्डमा उत्पादन तथा बिक्री गर्दै आएको छ।

टोयोटाको लक्जरी ब्रान्डका रुपमा लेक्ससका कार उत्पादन गर्दै आएको छ। लेक्ससका कार टोयोटाका भन्दा फरक लोगो तथा विशेषतामा उत्पादन तथा बिक्री गरिरहेको छ।

केही वर्षअघिसम्म लेक्ससका कार पनि नेपाली बजारमा बिक्री हुँदै आएको थियो। उक्त कारको नेपाली बजार मूल्य ६ करोड रुपैयाँभन्दा बढी थियो।

पछिल्लो पटक अत्याधिक महँगो भएको र माग नभएका कारण लेक्सस ब्रान्डका कार आयात भएको छैन।

यता विश्व बजारमा भने लेक्सस ब्रान्डका कारको माग बढ्दै गएको टोयोटाले जनाएको छ।

टोयोटाले केही वर्षअघि नै जापानमा लेक्ससभन्दा पनि विलासी ब्रान्ड घोषणा गरेको थियो।

तर गएको साता टोयोटाले सेञ्चुरी ब्रान्डकै नयाँ कन्सेप्ट मोडल सार्वजनिक गरेको होे।

टोयोटाले जीआरएमएन कन्सेप्ट एसयूभीको मूल्य करिब २ लाख २० हजार अमेरिकी डलरबाट सुरु हुनेछ।

अब भने टोयोटाले सेञ्चुरी ब्रान्डलाई विश्वबजारमा लिएर जाने योजना बनाएको छ। टोयोटाले सेञ्चुरी ब्रान्डलाई लेक्ससभन्दा माथिल्लो क्याटागोरीमा राखेर अल्ट्रा प्रिमियम ब्रान्डका रुपमा अघि सारेको हो।

२०२३ को सेप्टेम्बरमा सेञ्चुरी एसयूभी सार्वजनिक गरेको थियो। हालै उक्त एसयूभीको विशेष इडिसन सार्वजनिक गरेको हो।

सुरुमा टोयोटाले जापानमा १९६७ मा पहिलो पुस्ताको सेञ्चुरी सेडान सार्वजनिक गरेको थियो। त्यसयता कम्पनीले तेस्रो पुस्ताको सेञ्चुरीको कन्सेप्ट ल्याएको हो।

यो सँगै उच्च विलासी ब्रान्ड सेञ्चुरी लिएर टोयोटा विश्व बजारमा जान लागेको हो।

टोयोटाले ‘लेक्सस सेञ्चुरी’ ब्रान्ड नाममा समेत जान सक्ने अनुमान गरिएको छ। सेञ्चुरी कन्सेप्ट एसयूभी रोल्स रोयसको कुलिनान जस्तै देखिएको छ।

तर टोयोटाले भने लेक्ससभन्दा माथिल्लो वर्गमा राखेर सेञ्चुरी नाममै विश्व बजारमा जाने जनाएको फोब्र्सले लेखेको छ। यो ब्रान्डले सिधा रोल्स रोयससँग प्रतिस्पर्धा गर्ने अनुमान हुन थालेको छ।

टोयोटाको सेञ्चुरी ब्रान्ड कुन कुन देशमा सार्वजनिक गर्छ, त्यो प्रष्ट भइसकेको छैन। राइट र लेफ्ट ह्यान्ड ड्राइममा बन्ने सेञ्चुरीको एसयूभी युरोप, अमेरिका, मध्यपूर्व र एसियाका केही देशमा सार्वजनिक हुने अनुमान गरिएको छ।

उक्त एसयूभी पूर्णतः आफूले चाहे अनुसारको कस्टमाइज गर्न सक्नेछन्। स्ट्यान्डर्ड सेञ्चुरीको मूल्य १ लाख ७० हजार डलर र हाइ भेरियन्टको मूल्य २ लाख २० हजार डलर हुने अनुमान छ।

टोयोटाले सेञ्चुरी एसयूभीको स्पेसिफिकेसन भने सार्वजनिक गरेको छैन। यो कारमा ३.५ लिटरको भी सिक्स हाइब्रिड इन्जिन हुने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *