उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार

सोल । उत्तर कोरियाले आफ्नो पूर्वीय तटबाट कयौँ क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

पछिल्ला महिनाहरूमा उत्तर कोरियाले कयौँ पटक मिसाइल परीक्षण गरेको छ जसले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

आइतबार सिनपो बन्दरगाह नजिकैबाट मिसाइल प्रहार गरिएको थियो । कति वटा र कस्ता प्रकारका मिसाइल प्रहार गरिए भन्ने खुल्न सकेको छैन ।

गत बुधबार मात्र उत्तर कोरियाले फुलवासाल–३–३१ नामक क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जानकारी दिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उन पछिल्लो समय आफ्नो नीतिमा आक्रामक बन्दै गएका छन् ।

उनले शान्ति लक्षित विभिन्न सहमतिहरू तोडेका छन् भने सैन्य गतिविधिहरू बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *