नेपालमा विश्वकै पुरानो लुब्रिकेन्ट्स भल्भोलिन ब्राण्डको बिक्रेता परिवर्तन भएको छ ।
कम्पनीले यसअघि एड्नोक ब्राण्डको लुब्रिकेन्ट्स आयत गरी बिक्री गर्दै आएको थियो ।
विगत लामो समयदेखी ओम्नी इन्टरनेश्नलले कारोबार गर्दै आएको सो लुब्रिकेन्ट्स ब्राण्डलाई शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले लिएको हो ।
प्यासेन्जर कार सेग्मेन्टमा निकै नै लोकप्रिय मानिने सो ब्राण्डको नेपाली बजारमा भने कमर्सियल भेइकलमा समेत राम्रो खपत रहँदै आएको छ ।
अमेरिकन ब्राण्डका रुपमा परिचित भल्भोलिनलाई पछि साउदी अरबको अराम्को कम्पनीले खरिद गरेपछि भारतसहित विश्वका कैयन राष्ट्रमा प्लान्ट स्थापना गरी उच्च गुणस्तरिय लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ ।
भाल्भोलिन उत्पादन गर्ने अराम्को सेलपछि विश्वको दोस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनीका रुपमा परिचित छ ।
जगदम्बा मोटर्सले डिलरसिप लिएपछि यसको खपत टु–ह्विलरमा बढेर जाने अनुमान गर्न सकिन्छ ।
कम्पनीले बिक्री गर्ने टीभीएस मोटरसाइकल र स्कुटरमा यसको प्रयोग हुने हुँदा यो सेग्मेन्टमा खपत बढ्ने देखिएको हो ।