नेपालमा चेरीको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले बीवाइडीको सहायक कम्पनी फिन ड्रीमले उत्पादन गरेको, ब्लेड ब्याट्री प्रयोग भएको ओमोडाको इलेक्ट्रीक एसयूभी ई-५ आगामी फेब्रुअरीबाट बिक्री सुरु गर्न लागेको छ ।
चेरीको सहायक कम्पनी ओमोडाको इलेक्ट्रीक एसयूभी ई-५ ले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।
ओमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
आधुनिक फिचर र कटिङ एज टेक्नोलोजीमा आधारित रहेर तयार पारिएको ओमोडा ई-५ ले नेपाली बजारमा कस्तो व्यापार गर्छ, त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।
सुरुमा ‘डेमो भेहिकल’को रुपमा ल्याइएको ई–५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको हो ।