पछिल्लो समय नेपालमा विद्युतीय कारको बजार निक्कै बढेको छ । यसै शिलशिलामा विगत केहि महिना देखि सेरेस ३ मोडेलको विद्युतीय कार नेपाली बजारमा भित्रिएको छ ।
पहिले देखि चल्तिका ब्राण्डहरुको बीचमा यो चिनिया ब्राण्डप्रति झट्ट आकर्षित हुन आम नेपालीलाई सँकोच त भएकै हो ।
तर अत्याधुनिक फिचर, बनावट र उचित मुल्यका कारण धेरैले यो कार खरिद पनि गरेका छन् । तर पनि बजारमा यसको प्रयोग गरेपछिको रिभ्यु बुझ्न सबैको चासो र सरोकार बनेको छ ।
सबै प्रयोगकर्ताले यसको रिभ्यु व्यक्त गर्न चाहदैनन् । तर एकजना प्रयोगकर्ता अथवा सवारीधनी भनौं, बिमल मगरले फेसबुकको माध्यमबाट आफ्नो अनुभव शेयर गर्नुभएको छ ।
उहाँका अनुसार अहिले सम्म उहाँले यो सेरेस ३ मोडेलको विद्युतीय कारलाई करिब ६ हजार किलोमिटर गुडाइसक्नुभएको छ ।
विशेषगरी लामो दुरीको यात्रा नै सबैको चासोको बिषय हो । नेपालको सडक सबैलाई थाहा भएकै कुरा हो कि अधिकाँस सडक निर्माणधिन अवस्थामा छन् ।
तर पनि उहाँले सबैभन्दा पहिले काठमाण्डौंबाट धनगढीसम्मको यात्रा गनुभएको रहेछ । नारायणगढ देखि बुटवलसम्मको अप्ठेरो बाटो हुँदै जानुपरे पनि सेरेस ३ को यात्रा अनुभव भने निक्कै सानदार रहेको उहाँले उल्लेख गनुभएको छ ।
यो कारको परफर्मान्स धेरै राम्रो रहेको अनुभव शेयर गर्दैे कारको उच्च ग्राउण्ड क्लियरेन्सको कारण कतै ठोकिने समस्या नदेखिएको उहाँल उल्लेख गर्नुभएको छ ।
१८ इन्चको टायरकोे कारणले कार निक्कै आरामदायी महसुस भएको उल्लेख गर्दै आफुलाई चाहिने जति एसी चलाउँदा पनि सडक अनुसार करिब ३३० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिएकोमा खुसी भएको बताउनुभएको छ ।
उहाँले धेरै पटक काठमाण्डौं देखि पोखरा सम्मको यात्रा यसै कार मार्फत गरेको उल्लेख गर्दै पोखरामा रहेको अवस्थामा फेसबुक मार्फत आफ्नो अनुभव शेयर गनुभएको छ ।
काठमाण्डौं देखि पोखरा जाने क्रममा लमजुङ्ग बेसीशहरको पहाडि बाटोमा चलाउँदा पनि यो कारबाट आफु सन्तुष्ट रहेको उल्लेख गर्नुभएको छ ।
यसको मुल्य अनुसार अन्य प्रतिष्पर्धि कारहरुको तुलनामा यो कार हरेक दृष्टिकोणबाट सुपर एण्ड बेष्ट लागेको बिमल मगरले फेसबुक मार्फत उल्लेख गर्नुभएको छ ।