आयल निगमका नयाँ कार्यकारी निर्देशकले टुंगो लगाउने

२६ मंसिरदेखि आयल निगमको कार्यकारी निर्देशक पद रिक्त रहेकाले भारतीय लगानीमा बन्ने परियोजनामा सहमति हुन नसकेको निगमले बहाना बनाएको छ ।

त्यसैले अब नयाँ कार्यकारी निर्देशक नियुक्त भएलगत्तै परियोजना निर्माणबारे निगम र आइओसीबीच ‘बिटुबी’ सम्झौता हुने दाबी गरिएको छ ।

उद्योग मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि ७ पुषमा एक सूचना जारी गरी १३ जनाको निवेदन स्वीकृत गरिसकेको छ ।

अब चाँडै अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण सुरु गर्ने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए ।

यद्यपि, नयाँ कार्यकारी निर्देशकले बिटुबी सम्झौतालाई पहिलो प्राथमिकता राख्ने भए पनि तत्कालै भने प्रक्रिया अघि बढ्नेछैन ।

किनभने, विषय बुझ्ने र सम्झौताका लािग आवश्यक तयारी गर्दा कम्तीमा पनि दुई महिना लाग्न सक्छ ।

उद्योग मन्त्रालयले माघ अन्तिम सातासम्म निगममा नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेकाले भारतीय पक्ष अनुदानमा परियोजना निर्माणका लागि सहमति भए आगामी चैतमा मात्रै बिटुबी हुन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *