अर्थमन्त्रीसँग जाम प्रतिनिधिको भेट

अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युतीय सवारीसाधनको कर हेरफेरबारे कतै केही नबोलेको दाबी गरेका  छन्।

अटो पत्रकार संघ (जाम) प्रतिनिधिसँगको भेटमा उनले कर हेरफेरको विषयमा कुनै कदम नचालेको बताएका हुन्।

‘विद्युतीय सवारीसाधनमा सरकारले राहत दिएपछि उपभोक्ताले पनि महसुस गर्न पाउनुपुपर्छ भनेको मात्रै हुँ।

तर, अहिल्यै तत्कालै हेरफेर गर्नुपर्छ भनेको छैन,’ उनले भने।

विद्युतीय सवारीसाधन बढ्दै जाँदा सरकारप्रतिको दायित्व पनि वृद्धि हुँदै जाने उनले स्पष्ट पारे।

कार्यक्रममा जाम नेपालका अध्यक्ष सागर गजुरेलले मन्त्री महतलाई १६ बुँदे सुझावपत्र हस्तान्तरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *