चौधरी ग्रुप अब हिरोको आधिकारिक बिक्रेता

हिरो मोटोकर्पको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप (सिजी) को प्रवेश भएको छ।

लामो समयको विवादपछि हिरो मोटोकर्प नेपालको आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको प्रवेशसँगै ज्योति ग्रुप बाहिरिएको हो।

भारतीय कम्पनीले हिरोकर्पले ज्योतिबाट खोसेर आधिरिक बिक्रेता चौधरी ग्रुपलाई दिने निर्णय गरेपछि अदालतमा समेत मुद्दा परेको थियो।

तर, भारतीय अटो निर्माता कम्पनी हिरोले चौधरी ग्रुपलाई आधिकारिक रुपमा नेपालको एजेन्सीको रुपमा मान्यता दिएको हो। योसँगै ज्योती ग्रुपको हिरो मोटरसाइकलसँगको लिगेसी अन्त्य भएको छ।

हिरो मोटोकर्पले सन् २०१४ मा नेपाल प्रवेश गरेको थियो।

वर्षौंदेखि सुपर स्प्लेन्डर एक्सपल्स २०० मोटरसाइकललगायत प्रतिष्ठित ब्रान्ड बिक्री गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *