संसद्को सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा मन्त्री ज्वालाले रणनीतिक महŒवका तीनवटै कोरिडोरका लागि आवश्यक बजेटको प्रबन्ध गरी निर्माणकार्य अघि बढाउने बताए।
‘यी कोरिडोरले त्रिदेशीय व्यापार, मुलुकमा रोजगारी सिर्जना र आर्थिक गतिविधिमै टेवा दिनेछन्,’ मन्त्री ज्वालाले भने, ‘आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर यी सडक निर्माणलाई सरकारले उच्च प्राथमिकता दिनेछ।’
बैठकमा सांसदले रणनीतिक महŒवका सडक निर्माणमा ढिलासुस्ती र लापरबाही नगर्न सरकारको ध्यानाकर्षण गरेका थिए।