झम्सिखेलमा एथर स्कुटर

काठमाडौं, ६ माघ २०८०: वैद्य एनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूमलाई झम्सिखेलमा संचालनमा ल्याएको छ।

एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुने पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको थियो ।

झम्सिखेलको शोरूम लगत्तै फाल्गुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा आउनेछ भने ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा ल्याउने तयारी रहेको कम्पनिले बताएको छ ।

उक्त शोरुम उद्घाटन कार्यक्रममा बोल्दै बैध्यज इनर्जिका निर्देशज सुयान्स बैध्यले भने, “हामिले नै चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ ।

केही थान चार्जर काठमाडौ आइपुगेको छ भने अरु आउने क्रममा छ । हामी उपत्यका बाहिरका ४ शहरहरुमा (पोखरा, चितवन, बुटवल र इटहरी) शोरूम संचालनसंगै उक्त स्थानहरुमा फास्ट चार्जर राख्ने तयारिमा छौ” ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो ।

यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *