थप ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरुमध्ये कोर सिटी भित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारी समेत गरिरहेको उनले बताए ।
स्मार्ट सिटीको अवधारण अनुरुप सदर चिडिया खाना क्षेत्रमा पनि साना–साना विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।
नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।
केही समय अघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनले बताइन् ।
साईमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।