नाडाको कार्यसमिती किन बनेन

हालै सम्पन्न नाडाको साधारण सभाले अहिले सम्मकै कम उमेरका युवा अटो व्यवसायी करण चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चुनेको छ ।

यो कार्यसमितिले दुबै पक्षको सहमतिमा नयाँ कार्यसमिति बनाउने भनेता पनि चौधरी पक्षले पुर्व सहमति अनुसार बाँकि सदस्यहरुको मनोनयन गर्न आनाकानी गरेकोले हाल कार्यसमिति पूर्ण हुन सकेको छैन ।

निर्वतमान अध्यक्ष डा. धु्रब थापाले यो विषयमा दिएको जानकारी अनुसार पुर्व सहमति अनुसार केही कुरा अहिले परक परेको भन्नै अर्को पक्षले केही असहमती जनाएको तर यो सामान्य समस्या भएकोले सजिलै मिल्ने र तुरुन्त कार्यसमितिले पुर्णता पाउने जनाएका छन् ।

अर्को समुह आकाश गोल्छा पक्षका एक सदस्यले दिएको जानकारी अनुसार वर्तमान अध्यक्ष करण चौधरीले पुर्व सहमति अनुसार मनोनयन गर्न आनाकानी गरेकोले केही असहमती भएको तर अहिले घरको सामान्य झगडा ठानेर त्यसलाई सहमति तिर लान प्रयास भएको जनाएका छन् ।

अहिले अटो क्षेत्र धरासायी अवस्थामा छ । यस्तो अवस्थामा नाडाले एउटा सहमती गरेर विना चुनाव नयाँ कार्यसमिति बनाउने निर्णय गरेकोमा अहिले आएर फेरबदल हुनु त्यती उचित देखिदैन ।

त्यसैले वर्तमान अध्यक्षले हालको परिस्थिीमा चाँडो भन्दा चाँडो सहमती जुटाएर कार्यसमिति पुरा गरी अटो व्यवसायीहरुलाई राहत हुने काम गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *