त्रिशूलीमा खसेको भारतीय जीप भेटियो

त्रिशूलीमा खसेको जीप भेटिएको छ । भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो ।

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा परिचालन भएको थियो ।

 केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *