श्रीलङ्काले विमानस्थलमा सुरक्षाकर्मी थप्ने

कोलम्बो । श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ ।

सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्‍याउने योजना बनाएको  बताइएको छ ।

बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्कामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिए ।

सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीले जनाकारी दिए ।

उनले बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक सुरक्षा निगरानी उपकरण जडान गरिएको पनि बताए ।

यी नयाँ उपकरणको जडानले विमानस्थलबाट लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी रोक्न सहयोग पुग्ने मन्त्रीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *