नेपाल ल्यूव आयल लि.को ३२ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्यूब आयल लि.को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीद्धारा अघिल्लो वर्षझैँ , यस साधारण सभा मार्फत पनि शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल देश भरी नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ।

यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा शेयर धनीहरुले खुल्ला प्रशंसा गर्नुभएको छ।

त्यस सभामा अध्यक्ष श्री अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्री अरुण कुमार चौधरीले भन्नुभयो, “देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ, यसमा सबै सरोकार वालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ।

नेपाल ल्युब आयल लिमिटेड यहि विचार धारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन्।”

बैठक पछि कम्पनीको कार्य सम्पादनबाट शेयर धनीहरु निकै उत्साहित देखिन्थे ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ ।

गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो। गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ ।

गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *