छानबिन समितिले फर्जी लाइसेन्स कसरी जारी र वितरण गरिँदोरहेछ भनेर पनि हेरेको थियो ।
यसरी हेर्दा सामान्यतयाः विदेश गएका तथा उतै बसेका, लाइसेन्स नवीकरण नगरेका, मृत्यु भएकालगायतको पहिचान गरेर प्रणालीमा तिनको विवरण फेरेर नयाँ हालिएको भेटिएको छ ।
यसको पहिचान मूलतः दलालहरूले गर्ने गरेको भेटिएको छ ।
व्यक्ति पहिचान भएपछि डाटामा छिरेर तिनको नाम, फोटो, बायोमेट्रिक परिवर्तन गरेर नयाँ लाइसेन्स जारी गरिएको छ ।