बोइङ विमानको ‘डोर प्लग’ को बोल्ट थप कस्न आवश्यक रहेको निष्कर्ष

सिकागो । सिकागोस्थित युनाइटेड एयरलाइन्सले बोइङ ७३७ म्याक्स ९ विमानको निरीक्षणका दौरान विभिन्न बोल्टलाई ‘थप कस्न’ आवश्यक रहेको पाइएको जानकारी दिएको छ ।

एयरलाइन्सले यी विमानहरू प्रयोग गर्नअघि ‘डोर प्लग’सँग जोडिएका ‘इस्टलेसनको समस्या’ लाई ठिक गरिने बताएको हो ।

अलास्का एयरलाइन्सको ७३७ म्याक्स ९ विमानको एक भाग शुक्रबार उडानका दौरान अलग भएको थियो ।

उक्त घटनापछि बोइङका ७३७ म्याक्स ९ विमानको निरीक्षण सुरु गरिएको थियो ।

अमेरिकामा घटनापछि यस मोडलका १ सय ७१ वटा विमानको जाँच पुरा नभएसम्मका लागि रोक लगाइएको छ ।

युनाइटेड एयरलाइनसले आफ्नो बयानमा भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच सुरु गरेका थियौँ ।

त्यस यता हामीले डोर प्लगसँग जोडिएको इन्सटलेसनसँग सम्बन्धी समस्या पत्ता लगाएका छौँ । हामीले बोल्ट थप कस्न आवश्यक छ ।’

‘डोर प्लग’ विमानसँग जोडिएको त्यो हिस्सा हो जसको प्रयोग इमरजेन्सी एक्जिट (आपत्कालीन निकास) का लागि प्रयोग गरिन्छ ।

अलास्का एयरलान्सको विमानको यही हिस्सा अमेरिकाको ओरेगनबाट उडानका दौरान नाटकीय रूपमा खसेको थियो ।

घटनापछि विमानको आपत्कालीन अवतरण गरिएको थियो । घटनामा कुनै पनि यात्रु घाइते भएनन् ।

विमानबाट खसेको हिस्सा एक शिक्षकको बगैँचामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *