नेपालमा ग्रेटवाल मोटर्सका कारहरु भीजी इम्पेक्सले कारोबार गर्दै आएको हो ।
कम्पनीले हाल यो ब्राण्डका हाभल सिरिजका एसयूभी, पिकअप र इलेक्ट्रिक कार ओरा–०३ बिक्री गर्दै आएको छ ।
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम)ले वर्ष २०२३ मा १२ लाख ३० हजार युनिट कार बिक्री गरेको छ ।
गत वर्ष कम्पनीले घरेलु र अन्तराष्ट्रिय बजारमा गरी कुल १२ लाख ३० हजार कार बिक्री गर्दा निर्यात मात्रै ३ लाख १६ हजार गरेको हो । अघिल्लो वर्षको तुलनामा निर्यात ८२.४८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले ८ वर्षको दौरामा पहिलोपटक १० लाख बढी कार बिक्री गर्दै रेकर्ड कायम गरेको हो ।
उसको बिक्रीमा न्यू इनर्जी भेइकलको हिस्सा समेत उल्लेख्य रुपमा बढेको देखिन्छ ।
गतवर्ष कम्पनीले २ लाख ६२ हजार न्यू इनर्जी भेइकल बिक्री गरेको थियो ।
जुन अघिल्लो वर्षको तुलनामा ९८.७४ प्रतिशतले बढी हो ।
प्रबिधी र बजार रणनीतिको विशेषज्ञताका कारण जीडब्लुएमका उत्पादनले बिश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्दै गएको कम्पनीको भनाई छ ।
कम्पनीले कम्वसन र लेक्ट्रिक ब्रान्ड ओरा ईभीलाई युरोप र दक्षिण अफ्रिका सहित विश्वका कैयन देशमा बिक्री गर्दै आएको छ ।
कम्पनीले उत्पादन गरेको ट्यांक ५०० मध्यपूर्बी देशहरुमा लोकप्रिय वनिरहेको छ भने अर्को अफरोड एसयूभी ट्यांक ७०० लन्च हुन अगाबै बुकिङ खुलेको ५५ मिनेटभित्र सम्पूर्ण यूनिट बिक्री भएको थियो ।
सो ब्राण्डको हाभल एच६ हाइब्रीडले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गरेको थियो ।
यी वाहेक अन्य मोडलले पनि विश्वका विभिन्न देशमा अवार्ड पाएका थिए ।