सोमालियामा १५ भारतीय सवार कार्गो जहाज अपहरित

सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लीला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन्।

सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन्।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ।

स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ भारतीय नौसेनाको युद्धपोत आइएनएस चेन्नई अघि बढिरहेको अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *