६ महिनाअघिको प्रहरी तथ्यांकअनुसार उपत्यकामा दुई हजार नौ सय ६९, कोशीमा एक हजार सय एक, मधेशमा एक हजार दुई सय २१, बागमतीमा एक हजार पाँच सय ५१, गण्डकीमा एक हजार तीन सय २७, लुम्बिनीमा नौ सय ५१, कर्णालीमा एक सय ५४ तथा सुदूरपश्चिममा दुई सय ५९ वटा मोटरसाइकल प्रहरी कार्यालयमा बेवारिसे छन् ।
भारतबाट चोरी गरेर ल्याइएका सवारीसाधन भन्सारबाट लिलामी हुने गरे पनि यस्ता सवारीसाधन भने त्यसरी लिलामी पनि गर्न नमिल्ने अवस्था छ ।
सरकारले यो समस्याको गम्भीरता बुझेमा प्रहरी कार्यालयको व्यवस्थापन पनि सहज हुने र राज्यलाई करोडौँ राजस्व पनि उठ्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
दुई वर्षअघि नै संसद्को राज्य व्यवस्था समितिले समेत तत्काल कानुन बनाएर बेवारिसे सवारीसाधनको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको थियो, तर अझै कार्यान्वयन हुन सकको छैन ।