सवारी साधनको उच्च कर घटाउन अनुरोध

 – ध्रुव थापा, निवर्तमान अध्यक्ष 

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल

विद्युतीय सवारी साधनमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही भएको बताएका छन्।

सरकारले व्यक्तिगत करमा स्थायित्व कायम गर्नुपर्ने र विधुतीय सवारी साधनलाई उच्च प्राथमिकतामा राखेर कर नबढाउन उनले आग्रह गरे ।

अहिले व्यवसायीहरू निकै कठिन अवस्था रहेको बताउँदै पछिल्लो समय अर्थतन्त्रको परिसूचकहरूमा सुधार हुँदै गएकाले सकारात्मक अवस्था सिर्जना हुने अपेक्षा गरेको छ।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम ५ खर्ब रकम रहेकाले अटोमोबाइल क्षेत्रलाई पनि सहज हुने बताए । सरकारले पूँजीगत खर्च गर्न सकेमा अर्थतन्त्रमा सुधार हुने र सरकारको नीति उद्योगमैत्री हुनुपर्नेमा उनले जोड दिए ।

यातायात क्षेत्रले भन्सार राजस्व संकलनमा २१ प्रतिशत योगदान गरेको र १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी दिँदै आएकाले सरकारले अनुत्पादक क्षेत्रको रूपमा हेर्न नहुने जिकिर गरे ।

अटोमोबाइल क्षेत्रमा एक खर्ब बढी लगानी बढी भएको अवस्था छ,’ उनले भने, ‘सरकारको अस्थिर नीतिले व्यवसायी होतोत्सायी हुँदै आएको छ । त्यसैले सरकारले स्थिर नीतिको व्यवस्था गरी सहज बनाउन आवश्यक छ ।’

त्यसैगरी, सरकारले स्वदेशमा एसेम्बल गर्ने उद्योगलाई छुट दिएको छ । तर, हरेक वर्ष उक्त नीति परिवर्तन हुने भएकाले सो व्यवस्था ऐेनमा नै राख्नुपर्ने आग्रह गरे ।

सरकारले हरेक वर्ष उच्च कर लगाएर निरन्तर व्यवसायीलाई हतोत्साह बनाएको छ ।

नेपालमा छिमेकी देशको तुलनामा ३र४ गुणाा महंगो पर्ने भएकाले र घटाउन पनि अनुरोध गरे ।

हालसम्म विद्युतीय सवारी साधन चार्ज गर्नका लागि देशभर २२५ चार्जिङ स्टेशन बनेका छन् ।

उक्त स्टेशनले कतिपय विद्युतीय सवारी साधन चार्ज गर्न निमिल्ने भएकाले चार्जिङ स्टेशन बढाउन निजी क्षेत्र र सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

हायर प्रचेज कर्जाको जोखिमभारको क्याप २५ लाख रहेकोमा ५० लाख लाख पुर्याउन माग गरेका छन् । साथै, नाडाले चार जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *