इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीको मृत्यु

इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता सालेह अल अरौरीको ज्यान गएको छ।

हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित ६ जना मारिएको इजरायलले दाबी गरेको छ।

बिबिसीका अनुसार हमासको दोस्रो वरीयतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा मृत्यु भएको हो।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये अरौरी हमासका सबैभन्दा ठूला नेता हुन्।

यसैबीच, लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरूलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन्।

हमासलक्षित आक्रमण गरेको भन्दै लेबनानलाई आक्रामक नगर्न इजरायलले  आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *