एमजी ईभीमा आगलागी प्रति कम्पनीको प्रेस विज्ञप्ती

एम जि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरि विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस कम्पनीले नेपालमा आधिकारिक बिक्रेताको रुपमा आयात गरी बिक्री-वितरण गरिरहेको एमजी कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको MG ZS EV  गाडी मिति २०८०/०९ /०९ गते काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक सञ्जालमा भएको टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको छ ।

विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको/बुझिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *