अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरी बीच सहमति जुटेपछि त्यहीं सहमतिअनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।
पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी प्रक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो ।
सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने प्रक्रिया थप जटिल बनेको थियो ।
तर नाडाका नेतृत्व अहिलेको समयमा चुनाबी प्रक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणा अनुरुप, नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् ।
सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यहीं सहमतिपछि चुनाब नहुने पक्का भएको छ ।