यसलाई नियमन गरौं भन्ने हिसाबले गाउँपालिका, संरक्षण व्यवस्थापन समिति, त्यहाँका होटल व्यवसायीहरू सबैको राय सुझाव र समझदारीका अधारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले दिगदर्शन बनाई त्यस्ता होटलहरूको व्यवस्थापन र नियमन गरौं भन्ने सुझाव आएको छ।
निजी जमिनमा प्रशस्त होटल छन्। सरकारी जमिनमा पनि ३ सय ५० का हाराहारीमा होटल, लज, रेस्टुरेन्ट, चिया पसलहरू सञ्चालन हुँदै आएका छन्।
त्यसलाई आयोजनाले सम्बन्धित गाउँपालिकासँग समन्वय गर्दै ती होटल व्यवसायहरूलाई व्यवस्थापन र नियमन गर्ने गरी अघि बढेका छौं।