सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

सिन्धुली : सिन्धुलीमा मोटरसाइटल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका- ३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गएको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुष र सोही मोटरसाइकलको पछाडी सवार दिक्तेल नगरपालिका- १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

मोटरसाइकल चालकको भने नाम खुलेको छैन ।

दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४  वर्षीय रुपेश अधिकारी र बसलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *