निरन्तर खुम्चिंदै निर्यात व्यापार

नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ ।

जुन ८.९६ प्रतिशत मात्र हुन आउँछ । यस आवको मंसिरसम्म भएको निर्यात गत वर्षको यसै अवधिको तुलनामा समेत कम हो ।

गत आवको मंसिरसम्म ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो ।

कात्तिकसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको थियो ।

असोजसम्मको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.११ प्रतिशत रहेको थियो । भदौमा ९.२४ प्रतिशत हिस्सा निर्यातको थियो ।

साउनमा निर्यातको हिस्सा ९.४८ प्रतिशत रहेको थियो । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढेपनि ऊनी गलैंचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यात खुम्चिन पुगेको छ ।

सबैभन्दा धेरै पामतेलको निर्यातमा ह्रास आएको छ । चिया निर्यात समेत यस वर्ष खुम्चिएको छ ।

यी वस्तुहरुको निकासीमा आएको ह्रासले समग्र वस्तु निर्यातमै नकारात्मक प्रभाव पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *