आजभोली विश्वबजारका कतिपय स्थापित ब्राण्डहरु पनि नेपाल भित्रिएका छन् ।
जसका सुविधासम्पन्न सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सको व्यवस्थापन राम्रो नै छ ।
तर आधा भन्दा धेरै ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रेताले आप्m्नै सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सको व्यवस्थापन नगरेको पाइन्छ ।
सन् २०२० देखि नेपाली बजारमा बिक्रि वितरण शुरु गरिएको चीनको प्रशिद्ध ब्राण्ड लुयानलाई जिरो इमिसन एनले आवश्यक सर्भिस सेन्टर र स्पेयर पार्ट्सको राम्रो व्यवस्थापन गर्न सकिरहेको दावी गरेको छ ।
काठमाण्डौं लगायत उपत्यका बाहिरका आफ्ना डिलरहरुमा पनि यस कुराको कमि हुन नदिइरहेको कम्पनीको भनाइ छ ।
हुन त अटोमोवाइल फिल्ड मै बिगत ३ दशक लामो अनुभव लिएका निर्देशक नगरकोटीले यो क्षेत्र राम्रोसँग बुझेकोले यसरी काम गरिरहेको उनले बताएका छन् ।
जापान, कोरिया, सिंगापुर, जर्मन लगायत तेस्रो मुलुकमा निर्मित सवारीसाधनको नेपालमा स्पेयर पार्ट्स आयात गरि बिक्रिवितरण गरिरहेको अनुभवका कारण पनि ग्राहकलाई बिक्रि पछिको सेवा कति महत्वपुर्ण हुन्छ भन्ने कुरा आफुले बुझेको नगरकोटीको तर्क छ ।
उनका अनुसार सवारीसाधन खरिद गर्दा त्यसको गुणस्तर त हेर्नु नै पर्छ ।
तर जति नै गुणस्तरीय सवारीसाधन भएतापनि आवश्यक परेको बेला त्यसको स्पेयर पार्ट्स पाइएन भने त्यसलाई थन्काएर राख्नु बाहेक कुनै बिकल्प हुँदैन ।
अधिकांश बिक्रेताले त्यसको ख्याल नै नगरी इलेक्ट्रिक स्कुटरलाई बिक्री गरिरहँदा समग्र बजार नैं बिग्रन सक्नेतर्फ सचेत हुनुपर्ने उनको धारणा छ ।
लुयान इलेक्ट्रिक स्कुटरका ग्राहकले बिक्रिपछिको सेवाको लागि कुनै गुनासो गनुपरेको छैन भन्ने उनको दावी छ ।
अटोमोवाइल फिल्ड मै लामो समय अनुभव गरेका कारण स्कुटरको मोटर, कन्ट्रोलर लगायतका कतिपय कम्पोनेन्टको मर्मत सम्भार आफै गर्न सक्षम रहेको उनको भनाइ छ ।