Skip to content
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।
स्वतन्त्र भएर बस्छु भन्दै थानीले आज राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए ।
बुधबार देखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् ।
वि.स.२०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा तीन वर्षका लागि नियुक्त लिएका थानीले एक वर्ष नौ महिनामै राजीनामा दिएका हुन् ।
Post Views: 406