सेरेस ईभीको डेलीभरी शुरु

सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले मिनी ईभी ग्राहकलाई हस्तान्तरण गर्न शुरु गरेको छ ।

भदौमा सम्पन्न नाडा अटो शो–२०२३ मा सार्बजनिक गरिएको सो ईभीलाई ग्राहकले अत्याधिक मात्रामा रुचाएका थिए । अटो शोमा निकै राम्रो वुकिङ पाएको कम्पनीले ३ महिनापछि ग्राहकलाई डेलीभरी दिन शुरु गरेको हो ।

सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो रोजाईको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको कम्पनीले जनाएको छ ।

शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको सो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

तीन भेरिएन्टमा उपलब्ध यसको सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले यसको सर्ट रेन्ज भेरिएन्टमा १३ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ भने यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

१६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *