गाईघाटमा टाटाको सर्टिफाईड ग्यारेज लक्ष्मी इन्टरप्राइजेज

नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेजलाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोह विच उक्त वर्कसपको उद्घाटन गरे ।

सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो ।

हाल नेपालभरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरुलाई सहजरुपमा सेवा तथा सुविधाहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

नेपालभरी विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजना कम्पनीको रहेको छ ।

नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन् ।

उक्त अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्माले टाटा गाडी बिक्रि गर्नु मात्र आफ्नो उदेश्य नभई बिक्रि पछिको सेवा तथा सुविधाहरुमा पनि ग्राहकहरुको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ती गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको बताए ।

त्यसै अवसरमा लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई

अबलम्बन गर्दे ग्राहकहरुलाई उच्चकोटीको सेवा तथा सुविधाहरू प्रदान गर्नमा प्रतिबद्ध रहेको जानकारी दिए ।

त्यस अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजन नेपालका प्रतिनिधि मृनाल सेन, सिप्रदी कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका उप महाप्रबन्धक सरद न्यौपाने, सिप्रदीका चिफ मेनेजर सुवास कुमार दाशको साथमा ग्राहकहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *