उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं उपत्यकामा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुवै समूहले काठमाडौंमा गर्ने भनिएको कार्यक्रमलाई ध्यानमा राखेर सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

दुई समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहीबारको प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ ।

यस्तै, सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी संगठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भएका छन् ।

काठमाडौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौं उपत्यका छिर्न नदिन एवं शंकास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *