एक महिनामा ७९ हजार पर्यटक मुस्ताङमा

मुस्ताङमा एक महिनामा ७९ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिक महिनामा ७९ हजार ३७३ जना पर्यटक मुस्ताङ भित्रिएका हुन्।

जसमध्ये आन्तरिक पर्यटक ७३ हजार ८७९ र बाह्य पर्यटक ५ हजार ५०४ जना रहेका छन्।

मुस्ताङमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ।

मुस्ताङ आएका पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी फर्किने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *