रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ‘हन्टर टिकटक च्यालेन्ज–२०२३’ का बिजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न कम्पनीले असोज ६ देखी ३० गतेसम्म सो च्यालेन्ज आयोजना गरेको थियो ।
जसमा प्रतियोगिहरुले नियम पूर्वक ब्यापक सहभागिता जनाएका थिए ।
टिकटक च्यालेन्जको उद्देश्य नयाँ मोडल हन्टर ३५० को बजार प्रवद्र्धन गर्नु रहेको थियो ।
सो च्यालेन्जमा पोखराका पदम लामाले प्रथम भई १ लाख पाएका छन् भने दोस्रो हुने पोखराकै स्मिता घिमिरेलाई ६० हजार र तेस्रो हुने हेटौडाका रजक शाहीलाई ४० हजारको चेक प्रदान गरिएको छ ।
विजयी हुने तीनै जनालाई कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।