Skip to content
नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ ।
राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध रहेको बताइएको छ ।
शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीका लागि यो स्कुटर उपयुक्त हुने बताए ।
उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारीसाधन र अपग्रेड ल्याउने प्रयासमा कम्पनी निरन्तर रहेको उनको भनाइ छ ।
यसमा ९ दशमलव ४ पीएस पावरसहितको बलियो १२५ सीसी इन्जिन रहेको छ ।
यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको बताइएको छ ।
त्यस्तै स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीको भनाइ छ ।
टीभीएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० रहेको बताइएको छ ।
Post Views: 257