बिवाइडी डल्फिन र सिलले पाए सुरक्षा मापदण्डमा Five Star Rating

अस्ट्रेलियाको नयाँ कारको मुल्याङ्कन गरिने कार्यक्रम (ANCAP) अन्तर्गतको नवीन ANCAP परीक्षण मापदण्ड अनुसार बिवाइडी डल्फिन र सिलले हालै मात्र सुरक्षामा Five Star मुल्यांकन प्राप्त गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्याण्डको सवारी साधनको सुरक्षामा स्वतन्त्र आवाज ANCAP ले २०२३ देखि आफ्नो मुल्याङ्कनको मापदण्ड विस्तार गरेको हो ।

सुरक्षाका Five Star मुल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नुपर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरुले सुसज्जित भएको हुनुपर्छ ।

ANCAP को रिपोर्ट अनुसार बिवाइडी सिलले OBLIQUE POLE परिक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको छ ।

यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बाल, बच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ ।

यी नतिजाहरुले बिवाइडीको सुरक्षा प्रतिको दृढ प्रतिबद्धताको प्रदर्शन गर्दछ ।

बिवाइडी डल्फिनले अगाडी परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा, यात्रीहरुको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ  साथै, बिवाइडी डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरु मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ ।

यी दुवै मोडलको AEB Head–On प्रणालीले शानदार प्रदर्शन गरेका छन् ।

त्यसैगरी यी दुई मोडलमा ANCAP को नयाँ मापदण्ड मुल्याङ्कन अनुसारको ’ढोका खुल्ला हुने’ प्रविधि क्षमता रहेको छ ।

यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेटसम्म बन्द हुन दिने छैन ।

ANCAP का प्रमुख कार्यकारी अधिकृत Carla Hoorweg, बिवाइडीका यी मोडलहरुको प्रदर्शनी प्रति सन्तुष्टि व्यक्त गर्दै भन्नुहुन्छ, “हाम्रो २०२३ को परिक्षण र मुल्याङ्कन मापदण्डमा थप उच्चस्तरिय संरचनात्मक सुरक्षाका साथै उत्पादनका क्षेत्रमा नवीन चुनौतीका सक्रिय सुरक्षा प्रविधिहरुको आवश्यकता माग गरेका थियौँ र, खुसीको कुरो, यो बर्ष अहिले सम्ममा यी तिनै मोडलले Five–star को मुल्यांकन पाएका छन् ।’’

विगतमा बिवाइडी सिल र डल्फिनले यूरो N-CAP मा पनि सुरक्षाको मुल्याङ्कनमा Five–star मुल्याङ्कन पाएका थिए ।

आगामी दिनहरुमा पनि विश्वव्यापी ग्राहकहरुको सुरक्षित यात्रा सुनिश्चित गर्दै e–Platform 3.0 र अत्याधुनिक चालक सहयोगी प्रविधि जस्ता अत्याधुनिक टेक्नोलोजीको प्रयोग सङ्गै कडा सुरक्षा मापदण्डमा बिवाइडी प्रतिबद्ध रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *