क्रसफायर मोटरसाइकलको तिहार अफर

क्रसफायर एबं इटालिका मोटो मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट इम्पोर्ट प्रालिले तिहार अफर ल्याएको छ ।

मसिंर ५ गतेसम्म लागु हुने सो अफरमा ग्राहकले क्रसफायर मोटरसाइकल किन्दा ५० हजारसम्म नगद छुट पाउनेछन् ।

सो अफर अन्तर्गत क्रसफायरको एचजे–२५० मोडल किन्दा ५० हजार नगद छुट र एक्सचेन्जमा ५० हजार नै अतिरिक्त मूल्यांकन पाइने कम्पनीले जनाएको छ ।

यसैगरी, ट्रेकर–२५० को खरिदमा ४० हजार नगद छुट र एक्चेन्जमा ४० हजार नै अतिरिक्त मूल्यांकन पाइनेछ ।

इटालिका मोटो स्टालियन–२५० र नेभडा–२५० को खरिदमा ४० हजार छुटको साथै फर्मूला–१५० स्कुटरमा २० हजार नगद छुट दिइने कम्पनीको भनाई छ ।

ग्राहकले आफूसंग भएको पुरानो बाइकसंग यी मोटरसाइकल र स्कुटरसंग एक्सचेन्ज गर्दा ४० हजार र २० हजार अतिरिक्त मूल्यांकन पाउनेछन् ।

अफर क्रसफायरको देशभर सञ्चालनमा रहेका सबै शोरुम लागु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *