वाइआर टायर इन्डष्ट्रिज प्रालीले करीब २ वर्ष अगाडी आफ्नो यात्रा स्कुटर, ३ पाङ्ग्रे अटो र बाइकको टायरहरुबाट शुरुवात गरेको थियो ।
यस कम्पनीको कारखाना चितवनको जुटपानीमा अवस्थित छ ।
नेपालमा रहेको अन्य उद्योग भन्दा खास गरी अटोमोबाइल्सको क्षेत्रमा टायर उत्पादनलाई प्राविधिक रुपमा चुनौति पुर्ण नैं मानिन्छ ।
यस उद्योगले २ वर्षको अन्तरालमा १८ किसिमका टायरहरु उत्पादन गर्दै आएको छ ।
यहि १८ किसिमको मार्केटको सफलता हरेर उद्योगले तेस्रो चरणको टायर समेत बनाउन थालेको छ जसमा (Light Commercial Vehicles) एल.सी.भी. सेग्मेन्टका गाडी टायर पर्दछन् ।
एल.सी.भी. खण्ड भनेको कमलोड र मध्य गतिको लागि बनिने टायर हो ।
यो टायरको रासयनिक रचना विशेष गरी नेपालको भुभागलाई हेरेर बनाइएको छ ।
यो खण्डको लागि विशेष रसायन र अन्य कच्चा पदार्थहरु प्रयोग गरीएका छन् । अन्र्तराष्ट्रिय मापदन्ड पुरा गर्न अन्र्तराष्ट्रिय ल्याबमा परिक्षण पनि गरीएको छ र उद्योगको इन्जिनियरहरु र कामदारहरुलाई विशेष तालिम पनि दिइएको छ ।
उद्योगले यो टायर उत्पादन गर्दा DMAIC प्रक्रिया प्रयोग गरेको बताउँछन् ।
६ महिनाको कडा परिक्षण पछाडि मात्र ती टायरहरु व्यवसायीक रुपमा बजारमा वितरण गरीन्छ ।
अहिले कम्पनीले यो टायर उपभोक्ताको आवश्यक्ताअनुसार उत्पादन गरीरहेको छ ।
“एउटा स्टेप सफल नभई अर्को उत्पादन गर्नु हुदैन र यो हाम्रो कम्पनीको सिद्धान्त हो” भन्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोजिना गौतम मल्लले जनाउनु भयो ।
यो तेस्रो चरणको सफलता पश्चात चौथो र अन्तिम चरणमा वाइआर टायरले मीनी बस तथा ट्रकका टायरहरु उत्पादन गर्ने लक्ष्य बोकेको छ ।
नेपाली उद्योगलाई टेवा पर्ने र अन्य उद्योगहरुको लागि एउटा बेन्चमार्क संकलन गर्न सक्ने गरी यी टायरहरु अन्र्तराष्ट्रिय स्तरमा बनाइएको छ ।
स्वदेशमै उत्पादन गरीएको हुदा नेपाली उपभोक्ताहरुले गुणस्तरीय सामान किफायती मुल्यमा पनि पाउनुहुनेछ ।
स्वदेशी उत्पादन बढ्दै गर्दा यसले आयातमा र स्वदेशी मुद्रा विदेशीने क्रम पनि घटाउँदछ । साथसाथै नेपाली सिप र इन्जिनियरीङ् क्षमता पनि दर्शाउदछ ।
नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराई नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहित गर्नु र नेपालको औद्योगिक क्षेत्रको स्तरलाई बढाउने यस कम्पनीको अन्तिम उद्देश्य रहेको छ ।