गाजा । हमासका लक्ष्यहरूमा इजरायली आक्रमणबाट विस्थापित धेरै प्यालेस्टिनीहरूलाई आश्रय प्रदान गर्ने दक्षिणी गाजाको एउटा अस्पतालले सोमबारसम्ममा त्यहाँ विद्युत् समाप्त हुने जनाएको छ।
खान युनिसस्थित नासिर अस्पतालमा हाल चार हजार बिरामीको उपचार भइरहेको अस्पतालका निर्देशकले बताएका छन् ।
यसले उत्तरी गाजाबाट भागेका सकेसम्म धेरै मानिसहरूलाई उपचार गर्ने प्रयास पनि गरिरहेको छ।
निर्देशकले अवस्था निकै डरलाग्दो रहेको बताएका छन् ।
हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पूर्ण नाकाबन्दी गरेको छ ।