‘शोरुम आयो, लेभनिङ पायो’

काठमाडौं : लेभनिङ इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले दसैँ स्किम सार्वजनिक गरेको छ ।

कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दसैँ स्किम सार्वजनिक गरेको हो ।

कम्पनीले दसैँ स्किम अन्तर्गत ब्याज नलाग्ने स्किम तथा विभिन्न एसेसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।

यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ ।

लेभनिङको दसैँ स्किम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् ।

एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् ।

कम्पनीले ल्याएको यो स्किम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *