नेपालमा अशोक लेल्याण्डको शक्तिशाली डबल क्राउन ट्रक

अशोक लेल्याण्डले आफ्नो शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा ल्याएको छ ।

बुधबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले २५२३ मोडलको १० चक्के सो ट्रकलाई औपचारिक रुपमा लन्च गरेको हो ।

९ स्पिड गेयर वक्स जडान गरिएको यो नयाँ ट्रक सेग्मेन्टमै सर्बाधिक शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

यो नयाँ ट्रकमा २३० एचपी क्षमता भएको आई–ईजीआर टेक्नोलोजी सहितको बीएस४ इन्जिन जडान गरिएको छ ।

आई–ईजीआर र बीएस४ मापदण्ड जस्ता विशेषताका कारण यो बातावरण मैत्री र इन्धन किफयाती रहेको छ ।

साथै २४० एचपी पावर जेनेरेट गर्न सक्ने यो ट्रकले नेपालको जुनसुकै भुभागमा पनि उच्च पर्फमेन्स प्रस्तुत गर्न सक्ने सामथ्र्य राख्दछ ।

अशोक लेल्याण्डले यसमा जेडएफ ब्रान्डको प्रमाणित १११० गेयर वक्स दिएको छ ।

जसका कारण यसको ट्रान्समिसन इफिसेन्सि निकै नै अब्बल रहेको छ भने ड्राइभिङमा थकानको महशुस नहुने हुँदा स्मुथफिल गर्न सकिन्छ ।

रोवोस्ट चेसिस फ्रेममा निर्माण गरिएको यो ट्रक एकदमै वलियो, स्थिर र मजबुत छ ।

अनावरणकै दिन १४ बुकिङ
यो नयाँ ट्रकमा अत्याधुनिक बुगिस सस्पेन्सन रहेको छ जसले भारी लोड सहज रुपमा बाड्छ, जसले ट्रकको स्थिरता र यात्रा सुखदपुर्ण बनाउँछ ।

त्यस्तै यस ट्रकमा अधिक्तम लोडिङ स्पान रहेको छ जसले उपभोक्ताहरुलाई ढुवानीमा सहजदा दिलाउँछ ।

नेपाली सडक र भुगोलका लागि एकदमै उपयोगी रहेको भन्दै सो कार्यक्रमा १४ जना ग्राहकले यसलाई वुकिङ गरेका छन् ।

शक्तिशाली इन्जिन, इन्धन किफायती विशेषता, अत्याधुनिक प्रविधीको ट्रान्समिसन र आईएमई मोटर्सले उपलब्ध गराउँदै आएको छिटो छरितो तथा प्रभावकारी आफ्टर सेल्स सर्भिसका कारण यो नयाँ ट्रकले नेपालको ढुवानी क्षेत्रमा निकै राम्रो प्रभाव पार्ने यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष भिम पौडेल, अशोक लेलैण्डका कन्ट्री म्यानेजर विप्लवपल, आइएमई मोटर्स प्रालिका कार्यकारी निर्देशक निशान ढकालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *