दसैँ तिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’

काठमाडौँ : नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ । जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउन सक्नेछन् ।

स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ ।

जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पु¥याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ ।

पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ ।

यसका साथै स्कोडाले एक वर्षका लागि निशुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ ।

त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ ।

यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् ।  जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ ।

पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिने कम्पनीको भनाइ छ ।

‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ ।

स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं ।’

स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन्, जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *