नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि.ले फोर्स कम्पनीको बहुप्रतिच्छित अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ खुल्ला गरी बिक्री वितरण शुभारम्भ गरेको छ ।
नाडा अटो शो २०२३ को अवसरमा अर्थमन्त्री प्रकाशरण महतले भ्यान सार्वजनिक गरेका हुन् ।
भारतमा अत्याधिक माग रहेको यो भ्यान नेपालमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा युक्त रहेको बताइएको छ । कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ ।
भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको छ । सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् ।
यसका १५ सिट भ्यानको मूल्य ८२ लाख ९९ हजार रुपैयाँ १८ सिटको भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ काम गरिएको छ ।
यो मूल्य केही समयको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।
साथै नाडा अटो शोमा बुकिङ गर्नेहरुको लागि आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।
नेपालका २२ स्थानहरुमा फोर्स मोटर्सको शोरुम, डिलर तथा सर्भिस सेन्टरहरु छन् ।