अटो शोमा यसपटक धेरै कुरामा नयाँपन

– ध्रुव थापा, नाडा अध्यक्ष

अहिलेको अवस्थामा अटो शो आयोजना गर्छु भन्नु नै आँफैमा चुनौतीपूर्ण थियो ।

तर उक्त चुनौतीका वावजुत पनि हामीले मेला अयोजना गरेका छौ ।

फेस्टिवल सिजनको उन्मुख पारेर आयोजना गरिएका कारण प्राय सवैजसो बिक्रेताले मेलाकै अवसर पारेर केही न केही नयाँ स्किम ल्याउने पुरानै प्रचलन छ ।

सो स्किमले पनि दर्शकलाई आकर्षित गर्नेछ । साथै मेलामा विभिन्न ब्रान्डले नयाँ मोडलका सवारीसाधन लन्च समेत गर्नेछन् ।

ती सवारीसाधनमा दर्शकको आकर्षण वढ्ने र यसले बिक्री वढाउन भुमिका खेल्ने हाम्रो ठहर छ ।
नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्व हाराहारीमा रहँदै आएकोमा झन्डै ४० प्रतिशत हाराहारी दशैं तिहारमा बिक्री हुन्छ ।

यसरी कारोवार हुने अधिकांश सवारीको वुकिङ नाडा अटोशोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्व हराहारीको कारोवार हुने अनुमान गरेका हौं ।

४ वर्षपछि मेला आयोजना हुन लागेका कारण ग्राहकले पनि यसलाई निकै चासोका साथ हेरिरहेका छन् ।

अटो शोमा यसकपटक दर्शकले धेरै कुरामा नयाँपन पाउनुहुनेछ ।

पहिलो त लामो समयको अन्तरालपछि मेला अयोजना भएका कारण धेरैजसो नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा रहनेछन् ।

तीन वर्षको अवधीमा नेपाल आएका नयाँ ब्रान्ड र मोडल प्रदर्शनी हुने हुँदा यसमा नयाँपन हुने नै भयो ।

अर्को कुरा, आर्थिक मन्दिका कारण शिथिल बजारलाई चलायमान बनाउन धेरैजसो कम्पनीले उत्पादक कम्पनीसंगै सल्लाह गरेर आकर्षक अफर ल्याउँदैछन ।

मेला स्थललाई व्यवस्थित बनाउन अनलाइनबाटै अग्रिम टिकट खरिद गर्न पाइने देखी पर्किङ व्यवस्थापनमा नयाँ प्रयोग गरेका छौ ।

यसपटक मेलास्थल छिर्ने मुख्य गेटबाट सवारीसाधन प्रवेश गर्न निशेध गरिएको छ ।

दर्शकले आफूलाई पायक पर्ने नजिकको सपिङ मल, भ्यू टावर र आर्मी अस्पतालको भवन लगायत स्थानमा पार्किङ गर्नुपर्नेछ ।

यसरी पार्किङ गरेपछि मेला स्थालसम्म पुग्न र फेरी पार्किङ स्थलसम्म फर्किन सहज होस भनेर निशुल्क सटल वस संचालनमा ल्याएका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *