नेपालमा लिफानका इलेक्ट्रीक स्कुटरहरु

नेपालको लागि पुरानो ब्राण्ड लिफान, पिनाकल मोटार्ड प्रालिद्धारा लिफानका इलेक्ट्रीक स्कुटरहरु नेपालमा भित्रिएका छन् ।
चितवनको व्यापारिक घराना पिनाकल मोर्टाड प्रालिको हेड अफिस बसन्त चोक, चितवनमा रहेको छ ।

पिनाकल मोटार्डले यस अघि प्योर ईभी, एनआइयू, बीएमडब्लू, बेनेली जस्ता ब्राण्डको डिलरको रुपमा काम गर्दै आएको थियो । यी कम्पनीको डिलरशिप छाडेर लिफान ईभी ल्याएको हो ।

फेरी इलेक्ट्रीक स्कुटरमा आएको छ ।

यसअघि पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे साधन ल्याएको लिफानले अब भने इलेक्ट्रीक दुई पाङ्ग्रे स्कुटर लिएर नेपाल आएको हो ।

कम्पनीले चार मोडलका इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ ।

पहिलो चरण १.२ किलोवाट क्षमताका स्कुटहरु नेपाल ल्याएको र पछि धेरै रेन्ज र ठूलो मोटर पावर भएको स्कुटर ल्याउने कम्पनीका एसिस्टेन्स जनरल मेनेजर मनिष राउतले जानकारी दिए ।

कम्पनीले नेपाल ल्याउन लागेको लिफान ई-३को मूल्य २ लाख ४९ हजार, ई ४ र व्रिङको मूल्य २ लाख ९९ हजार र ई-३ को टप भेरियन्टको मूल्य ३ लाख ३९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *