ईभी अटो शोमा स्लेन स्कुटर

चिनियाँ इलेक्ट्रिक ब्रान्ड ‘स्लेन’को नेपालका लागि आधिकारिक बिक्रेता जामुनी अटो सेन्टरले नयाँ स्कुटर ‘स्लेन एन९०’ माेडेलकाे स्कुटर भित्र्याएकाे हो ।

३००० वाट रेरेट पावर, ३५०० वाट पिक पावर भएको यस स्कुटरले पहाडी भेगमा १३० देखि १५० किलोमिटर रेञ्ज दिने र तराई क्षेत्रमा १६० देखि १९० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।

‘स्लेन एन९०’ मा ७२ भोल्ट ५२ एम्पियरको लिथियम आयन ब्याट्री रहेको छ ।

त्यस्तै ग्राहकले भनेकै ठाउँमा स्कुटरको टेस्ट राइड गरी प्रमाणित गरेर मात्र बिक्री गर्ने उनको भनाइ छ । यदि उकालो नतानेमा हामी पैसा फिर्ता दिन्छौं ।”

जामुनी अटो मोटर्सका सेल्स मेनेजर विपिन महर्जनले केही गरी ब्याट्री परिवर्तन गर्नुपर्‍यो भने कम्पनीले सोही क्षमताको ब्याट्री ८५ हजार रुपैयाँमा ब्याट्री परिवर्तन गरिदिने बताए ।

ग्राहकहरुको माग अनुसार अब आउने मोडलहरुमा थप विशेषताहरुका साथ आउने जानकारी कम्पनीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *