टाटा मोटर्स जेन्युइन आयल नाडा अटो शोको फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि

आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२३ मा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहने भएका छन् ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने छ ।

नाडा अटो शो २०२३ को शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि तथा हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेको छ ।

आगामी भाद्र २५ सम्म अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यासब्याकको व्यवस्था समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *